भिडियो हेर्न माथि क्लिक गर्नुहोस।
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाको व्यक्तिगत जीवनशैलीबारे पत्नी आरजु राणासँग नयाँ पत्रिकाले गरेको कुराकानीमा आधारित ।
उहाँ प्रायस् ७रसाढे ७ बजेसम्म उठिसक्नुहुन्छ । त्यसपछि ग्रिन टी लिनुहुन्छ । तर, खासै एक्सरसाइज गर्नुहुन्न । एक्सरसाइज गर्ने विषयमा उहाँ एकदमै अल्छी हुनुहुन्छ । योगामा पनि उहाँको फिटिक्कै रुचि छैन । तर, जिन नै त्यस्तो हो कि पहाडको पानी हो, एकदम फिट हुनुहुन्छ । खानामा भने उहाँ धेरै कन्ट्रोल गर्नुहुन्छ । जे पायो त्यही खानुहुन्न । गुलियो त छुँदै छुनुहुन्न ।
बिहान उहाँ पत्रपत्रिका पढ्ने, टेलिभिजन र एफएममा समाचार हेर्नेरसुन्ने गर्नुहुन्छ । साँझ र राति पनि टेलिभिजनमा समाचार हेर्नुहुन्छ । समाचार हेरे पनि उहाँ सकभर मिडियामा आउन चाहनुहुन्न । मैले उहाँलाई धेरैपटक ‘अहिलेको आधुनिक जमानामा यति रिजर्भ बस्नुहुन्न’ भनेर भन्ने पनि गरेकी छु । तर, उहाँको त्यसबारे आफ्नै धारणा छ । ‘राजनीतिमा दिनदिनै परिस्थिति बदलिइरहेको हुन्छ, आज बोलेका कुरा भोलि खण्डन गर्ने गरी बोल्नुहुन्न, पटक–पटक प्रधानमन्त्री भइसकेको मान्छेले हल्का स्टेटमेन्ट दिनुहुन्न’ भन्नुहुनछ।
बिहान चियासँगै उहाँले उसिनेको अन्डा लिनुहुनछ । खाजा खाने बानी छैन । दिउँसो शाकाहारी खाना मात्रै खानुहुन्छ । राति भने भेजिटेबल र मासु खानुहुन्छ । उहाँ खानामा चिल्लो, पिरो र नुन नभएको खोज्नुहुन्छ । एकदम साधारण खाना मन पराउनुहुन्छ । चिल्लो, पिरो छ भनेचाहिँ गाली पनि गर्नुहुनछ ।
तर, उहाँ किचनमा कहिल्यै पस्नुहुन्न । हामी बूढानीलकण्ठको आफ्नो घरमा बस्न थालेको १५ वर्ष भयो । यो अवधिमा उहाँ दुई वा तीनपटक मात्रै किचेनमा पस्नुभएको छ होला ।
तर, बाहिर खाना खान भने वेला–वेलामा लैजानुहुन्छ । म खानाको सौखिन छु भन्ने थाहा भएर पनि होला, उहाँ बाहिर भएको वेला पनि ‘कहाँ छस्, आइज’ भनेर पनि बोलाउने गर्नुहुन्छ । धेरै होहल्ला नहुने शान्त ठाउँ उहाँलाई मन पर्छ । प्रायस् उहाँले रुचाउने अन्नपूर्ण होटेल हो । रेस्टुरेन्टमा उहाँ प्रायस् रोस्टेड र ग्रिल्ड मासु मगाउनुहुन्छ, त्यहाँ पनि चिल्लो, पिरो खानुहुन्न ।
मिडियासँग रिजर्भ बसे पनि उहाँ छोरासँग खुलेर कुरा गर्नुहुन्छ । एकदमै फ्र्यान्क भएर । केहीअघि मात्रै उहाँले छोरालाई ‘अब तेरो बिहे गरिदिन्छु’ भन्दै हुनुहुन्थ्यो । ‘मलाई नातिनातिनाको सोख लाग्यो, त्यसैले गर्नुपर्यो ’ भन्दै हुनुहुन्थ्यो । छोरासँग उहाँको राजनीतिक गफ पनि हुन्छ । तर, धेरै हुँदैन । छोरो पोलिटिकल साइन्स नै पढिरहेको छ, तर नेपालको राजनीतिबारे उसलाई धेरै थाहा छैन । पोलिटिकल थटमा धेरै रुचि छ, बुझ्न खोज्छ । राजनीतिक विषयमै कहिलेकाहीँ बाउ–छोराबीच डिस्कस पनि भइरहेको हुन्छ ।
उहाँ कपडाबारे पनि अत्यन्त सचेत हुनुहुन्छ । चिटिक्क पर्नुहुन्छ । लुगामा सौखिन पनि हुनुहुन्छ । आफू सहभागी हुने कार्यक्रम हेरेर लुगा लगाउनुहुन्छ । दौरा–सुरुवाल, सुट–पाइन्टमा रुचि छ । आफूलाई चाहिने लुगा उहाँ आफैँ किन्नुहुन्छ ।
उहाँ आफूलाई चाहिने खर्च पनि आफैँ जुटाउनुहुन्छ । तर, कहिलेकाहीँ मसँग पनि माग्नुहुन्छ । एकपटकको घटना म सम्झन्छु । त्यतिवेला म कन्सलट्यान्टको पनि काम गर्थें । राजनीतिकर्मीको पूरै व्यवहार, चरित्र, बुझिसकेको पनि थिएन । एकपटक तीनरचार दिन काम गरेको ३६ हजार बुझेर घर फर्केकी थिएँ । घर पुग्दा उहाँ एकजना मैले नचिनेको व्यक्तिसँगै बसिरहनुभएको थियो । म पुग्नेबित्तिकै उहाँले ‘म त तिमीलाई नै कुरेर बसेको, पैसा कति छ ल्याऊ त, उहाँ (त्यो व्यक्तिलाई देखाउँदै)को श्रीमतीको भोलि अप्रेसन रहेछ, पैसा चाहियो’ भन्नुभयो । मैले एकछिन अघि बुझेको पूरै पैसा ती व्यक्तिलाई दिएँ । एकछिन रिस पनि उठ्यो, त्यो पैसाले के–के गर्छु भनेर सोचेर आएकी थिएँ । राजनीतिज्ञकी श्रीमती भएपछि यी सबै व्यहोर्नुपर्छ भन्ने बुझेँ । त्यो घटना म कहिल्यै बिर्सिन्नँ ।
उहाँ धेरै रिसाउनुहुन्छ । बिहान उठेदेखि नै गाली पनि गर्न थाल्नुहुन्छ । जस्ता कुरामा पनि उहाँ रिसाउनुहुन्छ । कतिसम्म भने रिसाउनुभएन भने ‘उहाँलाई आज के भयो’ भनेर चिन्ता मलाई लाग्छ । तर, बाहिरका कुरा ल्याएर उहाँ घरमा भने रिसाउनुहुन्न । त्यसो त हामीले घरमा एउटा नियम पनि बनाएका छौँ । घरभित्र पसिसकेपछि, बेडरुममा, टिभी हेर्दा बाहिरका कुरा कहिल्यै हामीभित्र आउँदैनन् । घरभित्र पनि टेन्सन हाल्यो भने कहिले फ्री हुने रु परिवारको कुरा कहिले गर्ने रु मलाई धेरै मान्छेले उहाँलाई ‘यस्तो भनिदिनुपर्यो्, उस्तो भनिदिनुपर्यो ’ भनिराखेका हुन्छन् । तर, उहाँ दिनभरि थाकेर आएको वेला म ती कुरा कहिल्यै पनि भन्दिनँ । उहाँले पनि भन्नुहुन्न ।
तर, उहाँको रिस त्यति लामो समयसम्म रहँदैन । उहाँलाई एकछिन झनक्क रिस उठ्छ, एकछिन पछि शान्त भइहाल्नुहुन्छ । उहाँ जोकहरू सुन्न पनि मन पराउनुहुन्छ । जोकहरू सुन्दा एकदम रमाइलो मान्नुहुन्छ । उहाँ आफैँ पनि कहिलेकाहीँ जोकहरु सुनाउनुहुन्छ ।
रिसाउने र जोक सुनाउने मात्र होइन, उहाँको एकदमै जिद्दी स्वभाव पनि छ । उहाँको जिद्दी स्वभावबारे सबैलाई थाहा भइसकेको पनि छ । उहाँलाई केही कुरा ठीक वा यस्तो हो भन्ने लाग्यो भने त्यसमा सितिमिति टसमस हुनुहुन्न । सम्झाउन धेरै गाह्रो हुन्छ । तर, बोल्नचाहिँ उहाँ कम बोल्नुहुन्छ । घरमा पनि उहाँको स्वभाव त्यस्तै हो । एकदमै कम बोल्नुहुन्छ ।
उहाँ विगतमा अत्यधिक धेरै चुरोट खानुहुन्थ्यो । अहिले त पूरै छाड्नुभएको छ । जतिवेला खानुहुन्थ्यो, त्यतिवेला दिनमै कम्तीमा ६० वटासम्म चुरोट खानुहुन्थ्यो । तर, पछि उहाँले छाड्नुभयो । त्यो पनि आफ्नै इच्छाशक्तिले । त्यसो त, डाक्टरले पनि उहाँलाई चुरोट छाड्न भनेको थियो । मैले पनि एकपटक ‘हामी यति खर्च गरेर डाक्टरकोमा आउँछौँ, तर चुरोट नछाडेपछि त्यो खर्चको के अर्थ हुन्छ, तपाईंले सुन्न मन लागेको कुरा सुन्ने, मन नलागेको कुरा नसुन्ने भएपछि के अर्थ भयो रु’ भनेर भनेँ । त्यसपछि के सोच्नुभयो, फ्याट्ट छाड्नुभयो ।
आजभोलि पनि उहाँ कहिलेकाहीँ ड्रिंक गर्नुहुन्छ । तर, पहिलाकोजस्तो हार्ड ड्रिंक लिनुहुन्न । पेट बढ्छ भनेर बियर पनि खानुहुन्न । कहिलेकाहीँ वाइन खानुहुन्छ । त्यो पनि एकरदुई गिलास मात्रै । नयाँ पत्रिकाबाट