Latest Updates :

बंगलादेशी को हातमा भारतीय चर्चित क्रिकेटर धोनीको 'काटिएको शिर' रहस्यमय..........

SHARE THIS POST :
भिडियो हेर्न माथि  क्लिक गर्नुहोस....

एजेन्सी: नेपालसँग तनावयुक्त राजनीतिक सम्बन्ध रहेको भारतको क्रिकेटलाई लिएर बंगलादेशसँग उस्तै तनावपूर्ण सम्बन्ध रहेको छ ।

दक्षिण एसियमा आफूलाई क्रिकेटको बादशाह ठान्ने भारतलाई छोटो समयमा राम्रो प्रगति गरेको बंगलादेशले टक्कर दिँदै आएको छ ।

क्रिकेटलाई लिएर तनावयुक्त सम्बन्ध रहेका बेला यी दुई देश एसिया कपको उपाधिका लागि बंगलादेशमा भिड्नुअघि एउटा तस्बिरले हंगामा खडा गरेको छ ।

प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको भारत र पाकिस्तानलाई हराउँदै फाइनल पुगेको बंगलादेशबीचको खेल आइतबार साँझ ७ बजेर १५ मिनेटमा शुरु हुँदैछ ।

यस्तोमा बंगलादेशका क्रिकेट फ्यानले भारतीय क्रिकेटरको मजाक उडाउन थालेका छन् । यसले भारतीय क्रिकेट फ्यानहरु भने रिसले चुर भएका छन् ।

बंगलादेशी फ्यानले फोटोसपमार्फत बंगलादेशी तीब्र गतिका बलर तस्किन अहमदको हातमा भारतीय कप्तान महेन्द्रसिंह धोनीको काटिएको शिर बोकेको तस्बिर सार्वजनिक गरेका छन् ।

बंगलादेशबाट विवादास्पद तस्बिर सार्वजनिक भएपछि यी दुई देशका क्रिकेट फ्यानबीच खेल शुरु अगावै जुहारी शुरु भएको छ।

अघिल्लो साल भएको भारत-बंगलादेश वानडे सिरिजका क्रममा प्रथम ओलोले भारतीय टीमका खेलाडीको टाउको खुल्याएको तस्बिर सार्वजनिक गर्दा पनि विवाद भएको थियो ।

यो तस्बिर सार्वजनिक गरिनुमा तस्किनले केही समययता गरिरहेको उत्कृष्ट प्रदर्शनलाई आधार मानिएको छ । उनको राम्रो प्रदर्शनलाई देखेर बंगलादेशी क्रिकेट फ्यानले भारतीय टीमविरुद्ध उनलाई प्रमुख हतियारकारुपमा प्रस्तुत गर्न खोजिएको ठानिएको छ ।
कस्तो मज्जाको सेक्सी सपना 
भारतसहिका बलिया टोलीलाई यसअघि पनि हराइसकेको बंगलादेश र भारतबीच हुने खेलहरुमा यस्ता विवादास्पद क्रियाकलाप हुने गरेका छन् ।

भारतीय क्रिकेटरले भने यो बंगलादेशी क्रिकेट फ्यानको यो हर्कतलाई सामाजिक सञ्जालबाट नभइ मैदानमा जबाफ दिने दाबी गरेका छन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger