Latest Updates :

सपनामा देखिएका यी कुराहरुले खतराको संकेत गर्छन,जान्नुहोस कुन सपनाको फल कस्तो?

SHARE THIS POST :
भिडियो हेर्न माथि क्लिक गर्नुहोस। 
सपना त हामी सबैले देख्ने गरेकै छौ, तर तपाईलाई थाहा छ हामीले देखेको सपना अनुसार त्यसको अलग अलग फल पाईन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ । हाम्रा परम्परागत मान्यता अनुसार हामीले देखेका केही सपनाले राम्रो फल दिन्छन भने केही सपनाले नराम्रो फल पनि दिन्छन् । तपाईले देख्नु भएको सपनाले कस्तो फल दिन्छन्, तलको तालिका हेरेर पत्ता लगाउनुहोस…

आकाशमा मास्तिर उड्नु -टाढा टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।
आकाशमा उड्नु – लाभ हुन्छ ।
आकाशबाट झर्नु – समाजमा बेइज्जती हुन्छ ।

आकाश देख्नु – प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ ।
आकाशमा बादल देख्नु – सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।
पानी पर्नु – बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो ।

पानी एकै ठाउँ परिरहनु – परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो ।
बिजुलीका साथ पानी परेको देख्नु – बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ ।
जमीनसम्म देख्नु – दौलत मिल्छ ।

जमीनमा जोतेको, छरेको, रोपेको देख्नु – संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ ।
आकाशका धूलो वा आँधी देख्नु – त्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो ।
बिजुली देख्नु – मालदार हुइन्छ ।

जमीनमा मिल्नु – वरवाद होइन्छ, फरेबमा फसिन्छ ।
जङ्गलमा हिँड्नु – धार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ ।
जङ्गलमा खानु पिउनु – धेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ ।
माटो खानु – धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ ।
माटोमा हिँड्नु – धनी होइन्छ ।

ईनार खन्नु – आम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ ।
इनारबाट सिँचाइ गर्नु -आफ्नु धनबाट केही परमात्माको काममा पर
र्सार्छ, दीन – दुःखीलाई मद्दत गर्छ ।

इनारबाट पानी निकालेर कुनै रुखमाहाल्नु – दीन वा दुःखीहरुको सेवा गर्छ ।
इनारबाट पानी पियाउनु – साधु वा महात्माको सेवा गर्छ ।
इनारबाट पानी निकाल्नु – आम्दानीमा वृद्धि हुन्छ ।

इनारमा झर्नु – मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ ।
इनारबाट निस्कनु – जिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ ।
पानीमा हिँड्नु – कुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ ।
खोलामा बाढी देख्नु – रीस या मुसीबतको सूचना हो ।

नदीमा अँध्यारो देख्नु – परेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ ।
सोतो तर्नु – मरण नजीकिएको निशानी हो ।

नदी या कुलोमा नुहाउनु – कुनै खुसीको कुरो हुन्छ, बिरामी निको हुन्छ, पाप कर्म छोडिदिन्छ ।
भुसमा भासिनु – मुसीवत या शोकमा फस्नुपर्ने सूचना हो ।
कुलाको फोहोर पानी पिउनु – कुनै रोगमा फस्ने सूचना हो ।

कुलोलाई अर्कातिर बगाउनु – शोक वा मुसीबत हटेर खुसी हुइन्छ ।
हौज देख्नु – कुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ ।
नाउ देख्नु – शोक वा दुःखबाट छुट्छ । राजाको आज्ञाको दण्डबाट छुट्छ ।

नाउमा चढेको देख्नु – राजाज्ञाको अपराधमा गिरफ्तार हुन्छ, थोरै दिनपछि छुट्छ !
नाउबाट सुखा भुइँमा उत्रनु – दुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ ।
नाउलाई सुखा मैदानमा देख्नु – मुसीबत आउँछ,
भारी शोकमा प्राप्त हुइन्छ ।

जमीनमा केही बनाउनु – असल दिलको हुइन्छ ।
ताराको चमक देख्नु – राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ ।

तारा समूहलाई अति चम्किलो देख्नु – देश धनी हुन्छ, देशको शासनव्यवस्था राम्रो हुन्छ; संसारमा त्यो देशको प्रतिष्ठा बढ्छ ।
तारा निल्नु – चोरी गर्छ र तकलीफमा फस्छ ।
तारालाई हातमा लिनु – गुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ ।
नाउसहित आफूलाई डुबेको देख्नु – राजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ ।
पहाड देख्नु – शत्रुमाथि विजय प्राप्त हुन्छ ।

पहाडमा हिँड्नु – इज्जत मिल्छ, धेरै धन पाइन्छ ।
पहाडको मालिक हुनु – कुन ठूलो व्यक्तिको मालिक हुइन्छ या आफ्नु शत्रुलाई परास्त गरेर वशमा बसाइन्छ ।
पहाडमा लडेको देख्नु – कसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ ।
पहाडमा बाटो हिँडिरहेको देख्नु – धैर्यवान् वा साहसी हुइन्छ ।

पहाडमा प्वाल पार्नु – कसैसँग जालसाँजो गरिन्छ ।
पहाडमा चढ्नु – अगाध उन्नति हुन्छ । दौलत हात लाग्ने निशानी हो ।
फूल देख्नु – प्रेमी/प्रेमिका मिलन
पान खानु – स्त्री प्रसङ्ग (यौनसम्बन्ध) हुने
पिँजडा देख्नु – जेल-नेल पर्ने ।
हरियो वन देख्नु – शुभ समाचार मिल्ने ।
कमेडी सिरियल हैट हेर्नुहोस  मज्जाले हसाउछ। 

सुख्खा वन देख्नु – चिन्ता हुने ।
चन्द्रमा – प्रतिष्ठा मिल्ने ।
ग्रहण – आपत पर्ने ।
खाना बनाउनु – सन्तान बिरामी हुने ।
सुन पाउनु – धन जाने, हानी हुने ।
र्सप मार्नु – कष्टबाट छुटकरा पाउने ।
हस्ताक्षर गर्नु – धनहानि हुनु ।
बिरालोले टोक्नु – दर्घटना पर्ने तर बच्ने ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger