Latest Updates :

पोर्न भिडियो जस्तै देखिने फेसबुक पोस्टको रहस्य यस्तो रहेछ ,यस्तो पोस्ट तपाईको फेसबुक बाट पनि पोस्ट भएको हुन सक्छ यसबाट बच्न यसो गर्नुहोस।

SHARE THIS POST :
भिडियो हेर्न माथि क्लिक गर्नुहोस। 
पोर्न भिडियो जस्तै देखिने फेसबुक पोस्टमा भाइरस, गल्तीले पनि क्लिक नगर्नु त्यस्ता पोस्टहरु !
फेसबुकमा केही महिनायता ’माई फर्स्ट भिडियो’ को नामबाट साथीको एकाउन्बाट तपाईंलाई आइरहेको छ ।साथीहरुलाई समेत ट्याग गरेर तपाईंको म्यासेज बक्समा आएको यो भिडियोलाई क्लिक गरि हेर्न भनिएको हुन्छ ।
तीब्र गतिमा फैलिरहेको यो भाइरसले फेसबुकका प्रयोगकर्तलाई शिकार बनाइरहेको छ । खासमा ’माई फर्स्ट भिडियो’ को नामबाट यो भाइरस भिडियो जस्तै दृश्यमा तपाईंको साथीको एकाउन्टबाट तपाईंलाई पनि म्यासेज आइरहेको हुन्छ। फेसबुक पोस्टमा तपाईंलाई समेत ट्याग गरेर पोस्ट गरिरहेको हुन्छ ।
म्यासेज बक्समा आएको यो भिडियसहितको लिंक (भाइरस) लाई तपाईंले एक क्लिक गर्ने्बित्तिकै आफैं तपाईंका फेसबुक साथीको म्यासेज बक्समा पुगिसक्छ ।
तपाईंको एकाउन्टबाट गएको यो भाइरसलाई तपाईंका साथीले भिडियो अथवा अश्लील एमएमएसका रुपमा बुझ्न पुग्छन् । कतिपयले तत्कालै भिडियो ठानेर क्लिक गर्दा यो भाइरसको तत्काल शिकार भइजान्छन् ।
यो लिङ्क तपाईंको साथीको म्यासेज बक्समा गएपनि आफ्नो एकाउन्ट चलाउन, कुनै पोस्ट या फोटो हाल्न र कमेन्ट गर्न भने सक्नुहुन्छ ।
भाइरस पसेपछि यसलाई हटाउनका लागि तपाईंलाई फेसबुकले रिभ्यु म्यासेज पठाउनेछ । सेक्यूरिटी चेक जवाब दिएपछि तपाईंले आफ्नो सिस्टमलाई स्क्यान गरेर पुरानै अवस्थामा फेसबुक चलाउन सक्नुहुन्छ ।
यस्तो गर्दा केही समयका लागि तपाईंको फेसबुक एकाउन्टका केही सेवा जस्तै कमेन्ट गर्न म्यासेज पठाउन ब्लक हुन्छ । त्यसैले यस्तो समस्या आउन नदिन तुरुन्तै फेसबुकको सेक्युरिटी अप्सनलाई बलियो बनाउनु जरुरी हुन्छ ।
पोर्न भिडियोका रूपमा भाइरस
यसअघि पनि फेसबुक फीडमा पोर्न भिडियो लिङ्ककारुपमा यस किसिमिको भाइर आइसकेको छ । यसबारेमा फेसबुकले प्रयोगकर्तलाई सचेत गराउँदै यस्तो कुनै पनि किसिमको लिङ्कमा क्लिक नगर्न चेतावनी दिएको छ ।
यो भाइरस पोर्न लिङ्कका रूपमा सामाजिक सञ्जालमा तीब्र गतिमा फैलिरहेको छ । यस किसिमको भिडियो तपाईंका कुनै साथीको फेसबुकको वालमासेमत सेयर भएको देख्न सकिन्छ ।
यस लिङ्कमा क्लिक गरियो भने एक नयाँ वेब पेज खुल्न जान्छ । यस पेजमा केही बेर त भिडियो चल्छ तर केहीपछि तपाईंको स्क्रीनमा एक फ्ल्यास अपडेट डाउनलोड गर्न भन्दै अर्को म्यासेज देखाउँछ ।
तपाईंले त्यस लिङ्कलाई जब क्लिक गर्नुहुन्छ तब तपाईंको कम्प्युटरमा ट्रोजन नामको कडा भाइरस इन्स्टल हुन पुग्छ ।
एक पटक तपाईंको फेसबुक र कम्प्युटरमा यो भाइरस पस्यो भने यसले अरु समस्या पनि बढाउँदै लान्छ । यो भाइरस तपाईंको एकाउन्टबाट २० जना साथीलाई ट्याग गर्दै पोर्न भिडियोसहितको लिङ्क उनीहरुको टाइम लाइनमा पठाउँछ ।
मालवेयर एक प्रकारको सफ्टवेयर प्रोग्राम हो, जुन तपाईंको कम्प्युटरका लागि खतरनाक साबति हुन्छ । यस सफ्टवयरलाई ह्याकर्सले कम्प्युटरबाट पर्सनल डाटा चोरी गर्नका लागि बनाएका हुन्छन् ।
ह्याकर्सको भाषामा मालवेयर टर्मको प्रयोग भाइरस, स्पाई वेयर र वार्म आदिका लागि प्रयोग गर्ने गरिन्छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger