भिडियो हेर्न माथि क्लिक गर्नुहोस।
हस्तमैथुन नियमित गरेपछि वीर्य पातलो हुनु स्वभाबिक हो । सामान्यतया दुई चार दिन हस्तमैथुन नगरी हस्तमैथुन गरेमा बाक्लो वीर्य आउँछ तर सामान्यतया वीर्य पातलो नै हुन्छ । एक मिलीलिटर वीर्यमा २ करोड शुक्रकीटहरु हुनुपर्छ । एउटा सामान्य मान्छेको वीर्यमा ४ देखि १२ करोड प्रतिमिलीलिटर सम्म शुक्रकीट हुन्छ । कम्तीमा पनि २ करोडसम्म चाँही हुनुपर्छ, त्यसमा पनि ५० प्रतिशतभन्दा माथि अगाडि हिड्ने खालको शुक्रकीटहरु हुनुपर्छ । यो कुरा विश्व स्वास्थ्य संगठनले दिएको कटअफ हो ।हस्तमैथुनसँग सन्तान उत्पादन हुने नहुने कुराको केहि पनि सम्बन्ध हुदैँन । हस्तमैथुन एउटा सामान्य ब्यवहार हो । कसैलाई यौनको चाहना भयो भने मान्छेले हस्तमैथुन गर्छ । यो संसारका १०० प्रतिशत मान्छेले नै गर्ने गर्छन् । हामीमा भने बिभिन्न पत्रपत्रिका तथा साईटहरुमा हस्तमैथुनले नराम्रो गर्छ भनेर भ्रम फैलाउने कुरा भएकोले डर मानिरहनुभएको होला । यसमा डर मान्नुपर्ने कुनै कुराहरु छैनन् । हस्तमैथुन हाम्रो बुवाले पनि गर्नुभएको थियो, हाम्रो आमाले पनि गर्नुभएको थियो । हस्तमैथुन गरेर सन्तान नहुने भए त हामी पनि जन्मने थियनौ । त्यसैले हस्तमैथुनले सन्तान उत्पादनको कुनै प्रक्रियामा पनि बाधा पुर्याउने काम गर्दैन ।