भिडियो हेर्न माथि क्लिक गर्नुहोस।
माथि जे टाइटल दीइयो त्यों एउटा कार्यक्रम मात्र हो जस्को नाम kadels jail US खबर youtube बाट।मेरो फोटो हेरेर मज्जा लिने अनि गाली गर्ने ! : ज्योती मगर
६ वटा एल्बम बजारमा ल्याइसकेकी लोक गायिका ज्योती मगर अहिले चर्चामा छिन् । ८ बर्ष अघि दाङबाट काठमाण्डौ झरेकी उनले थुप्रै संघर्ष गरिन् । तर, सफलता पाउन निक्कै गाह्रो भयो । मानिसका नकारात्मक कुराले उनलाई हैरान बनाएको छ । उनले केही समयअघि बजारमा ल्याएको ‘पिरतीमा दम छ’ बोलको गीत चर्चामा आएपछि ज्योती पनि चर्चित बनेकी छिन् । अर्कोतिर, उनको क्लिभेज देखिएको भन्दै नेपाल टेलिभिजनले अन्र्तवार्ता नै रोकिदिएपछि ज्योतीले चर्चा पाएकी छिन् ।
मेरो क्लिभेजको मुल्य कती ?
एनटीभी प्लसले मेरो अन्र्तवार्ता रोकेको कुराले म छक्क परेको छु । ‘पैसा तिर्दा उच्छृङ्खल गीत पनि बज्ने, नतिर्दा सामान्य पहिरनको कुराकानी पनि कसरी रोकिन्छ ? चपली हाटइको संवाद, मेरो बेष्ट फे्रन्डमा पि्रयंकाले लगाएको विकिनी दृश्य देखाइएको छ, मेरो सामान्य क्लिभेज देखिएको दृश्य रोकिनु आफैमा अचम्म लाग्दो कुरा हो । यदि, पैसा तिरेर यस्ता दृश्य देखाइन मिल्छ भने मेरो क्लिभेजको मुल्य कती हो, म सोध्न चाहन्छु ।
स्कर्ट लगाएर दोहोरी गाउन सकिन्छ
नारीको मुख्य सम्पत्ती भनेकै सौन्दर्य हो । ग्ल्यामर सबै नारी पात्रलाई आवश्यक छ । मान्छेको बाहिरी आवरण हेरेर मात्र उसलाई मुल्यांकन गर्न सकिदैन । दौरा सुरुवाल लगाएर पप गीत, स्कर्ट लगाएर लोकगीत गाउन सकिन्छ भन्ने मेरो धारणा हो । मैले मेरो गीतमा जानी जानी फ्यूजन गरेको छु । मेरो मात्र कुरा किन, यहाँ कुन चै लोकगीत मौकिलता बोकेका छन् र ?