को भनिन्छ जो असल ब्यक्ति छ ऊ भगवानको पनि प्यारो हुन्छ
यस्तै भयो नेपाली इतिहासमा पनि सबका प्यारा कटाई बिबादमा नमुछिएका नायक श्री कृष्ण श्रेष्ठ पनि भगवानको प्यारो हुनुभयो। सम्पूर्ण नेपालीलाई रुवाएर जानुभयो आज पनि सम्झिदा मन भित्र कता कता गहिरो चोटको पीडाले सताईरहेको जस्तो लाग्छ विवाह गरेको एक महीना मै श्री कृष्ण्की पत्नी स्वेता बिधवा बन्न पुगिन। कला र महानता का धनि थिए नायक श्रीकृष्ण हामी सबको मन मनमा अझै पनि हुनुहुन्छ श्री कृष्ण उहाँले नेपाली फ़िल्मी क्षेत्रमा दिएको योग्दानले उहाको पार्थीब शरीर नरहे पनि उहाँलाई हामी सब नेपालीको मन मनमा जीवित राखिरहेको छ।
बि सं २०४५ सालमा चलचित्र भूमरीबाट उनले नेपाली रजतपटमा पाईला राखेका थिए । उनी नायकको रुपमा भने नाता फिल्मबाट अघि बढेका थिए । उनले अभिनय गरेका प्राय चलचित्र ५१ र १०० दिन मनाउन सफल छन् । आफन्त , आफ्नो मान्छे, सुख दुख,ए मेरो हजुर,हामी तिन भाई, पाहुना, कहाँ भेटीएला , कोहीनुर उनका चर्चित फिल्महरु हुन् । सिने जगतमा उनलाई मिलनसार व्यत्तीको रुपमा चिनिन्थ्यो ।आफ्नै श्रीमती, तत्कालीन प्रेमीका स्वेता खड्कासँग खेलेको कोहीनुर नै उनी अभिनित अन्तिम चलचित्र बन्यो ।
श्री कृष्ण श्रेष्ठको निधन २०७२ साउन २४ गते भएको थियो । ४७ बर्षको उमेरमा २०७१ असार २३ गते विवाह गरेका श्रीले एक महिनामै श्वेतालाई छाडेर गएका थिए । विवाह गरेर हनीमुनका लागी सिम्ला पुगेका श्रीलाई त्यही बिरामले च्यापेपछि मुम्बईको गंगाराम हस्पीटलमा भर्ना गरिएको थियो । उनको निधनको कारण थियो निमोनीया । सुक्खा खोकीले ग्रसीत भएका उनको फोक्सोमा पानी पनि जमेको थियो ।
यी हुन अरु सानो उमेरमा संसार जीतेका तर मृत्युसँग हारेका नेपाली कलाकर्मी
सानो उमेरमा संसार जीतेका तर मृत्युसँग हारेका नेपाली कलाकर्मी लोगगीतका चर्चित संकलक तथा पत्रकार सूर्यकुमार क्षत्रीको मृत्युले अहिले लोगगीतका पारखी शोकमा छन् । अल्पायुमै ब्रेन ट्युमरबाट पीडित बनेका क्षत्री , गएको १६ गते संसारबाट बिदा भए ।
डाली पलायो, सुन्तला फूल खेल्दै आयो, धानको सिरौला जस्ता गीतका संकलक, रचनाकार तथा पत्रकार क्षत्री झैँ अल्पायुमै मृत्युको शिकार बनेका सेलीब्रेटीहरु हुन्– श्रीकृष्ण श्रेष्ठ, आलोक नेम्बाङ, गायिका मंजु महतहरु ।
म्युजिक भिडियो निर्देशनमा ख्याती कमाएका, सानो संसार जस्ता फिल्मका निर्देशन गरेका आलोकले पनि तन्नेरीमै संसार छाडे । पढ्यो पढ्यो पाठ हजुर सोह्र दुना आठ , यो गीत अझै चर्चामै छ । यसै गीतकी गायिका मंजुले भने संसार छाडिसकेकी छिन् ।
सूर्य कुमार क्षेत्री
सूय कुमार क्षेत्रीले एक संकलकको रुपमा परिचय बनाएका थिए । उनले दर्जनौ चर्चित लोकदोहोरी गितहरु संकलन गरेका छन् । उनले लेखेका डाली पलायो, सुन्तला फूल खेल्दै आयो, धानको सिरौला लगायतका गितहरु चर्चित छन् । त्यस्तै उनले गितसंगीतसँगै पत्रकारीतालाई पनि अघि बढाएका थिए ।
२०७१ मा ब्रेन ट्युमरको समस्या देखीए पछि सूर्यले नेपाल र भारतमा उपचार गराएका थिए । उपचारकै क्रममा उनी २०७३ बैशाख १६ गते संसारबाट बिदा भए । लामो समयदेखी उज्यालो ९० नेटवर्कमा कार्यरत क्षेत्री प्रेस युनीयनका सचिव समेत थिए । स्याङजा निवासी उनी पत्नी र एक नाबालक छोरासहित काठमाण्डौमा बस्दै आएका थिए ।
मन्जु महत
लोकगायिका मन्जु महतले पनि कम उमेरमा नै संसार छाडीन् । उनी २द्ध बर्षकी थिईन् । दुई सन्तानकी आमा मन्जुले सडक दुर्घटनामा परेर ज्यान गुमाएकी हुन् । उनको २०७० चैत १५ गते निधन भएको थियो । गित रेकर्डीङको लागी जमलको मालश्री स्टुडियो जाँदै गर्दा उनको दुर्घटना भएको थियो । उनी चढेको स्कुटरलाई दुईओटा माईक्रोले ठक्कर दिएका थिए ।
दुईटा माईक्रोले बिचमा च्यापेपछि उनका देब्रे खुट्टा, टाउको र छातीमा चोट लागेको थियो । दुर्घटना भएपछि उनी दुईदिन सम्म अस्पतालमा भर्ना भएकी थिईन् । स्टेज र लाईभ दोहोरीमा जमेकी मन्जुले पाँचओटा दोहारी एल्बम बजारमा ल्याएकी थिईन् । उनी गायनमा भन्दा धेरै मोडलिङमा जमेकी थिईन् । लगभग ३५ जती गितमा उनले अभिनय पनि गरेकी थिईन् । उनको सबैभन्दा चर्चित गित थियो पढ्यो पढ्यो पाठ हजुर सोह्र दुना आठ ।
आलोक नेम्वाङ
नेपाली चलचित्रमा चर्चित निर्देशक आलोक नेम्वाङले सोल्टीमोडस्थीत आफ्नै अपार्टमेन्डमा आत्महत्या गरेका थिए । २०७१ कार्तीक १९ गते अपार्टमेन्डटको तल्लो तलाको भर्याङमा झुण्डीएर उनले आत्महत्या गरेका थिए । उनी घरमा एक्लै बस्थे । उनको साथमा एक कुकुर र एक बिरालो मात्र थिए । अमेरीकामा पढेर आएपछि ईमेज च्यानलबाट काम थालेका थिए आलोकले । पहिलो पटक उनले लाखौ पटक मैले कोसीस गरे बोलको बाल गितको म्युजिक भिडीयोलाई निर्देशन गरेका थिए । यो गीतले निकै चर्चा र सफलता पाएको थियो । उनले निर्देशन गरेको अर्को चर्चित गित हो बसमा छैन मेरो मन ।
नेपाली म्युजिक भिडीयोको दुनीयामा आलोकको नाम भिडीयोमा रंगहरुको महत्व दिनेको रुपमा लिईन्छ । पहिलो पटक उनले नेपाली चलचित्र सानो संसार निर्देशन गरेका थिए । त्यसपछि उनले कोही मेरो चलचित्र निर्देशन गरे । यी दुवै चलचित्रले औसत व्यापार गरेपनि उनको कामको भने प्रशंसा भयो । उनको निधनभन्दा पहिले उनले अन्तीम चलचित्रको रुपमा अझै पनि निर्देशन गरेका थिए । जुन उनको निधन पछि रिलिज भएको थियो । आलोकलाई सेलिब्रेटी भित्र्याउने निर्देशकका रुपमा पनि चिनिन्छ । नेपालका स्थापित सेलिब्रेटीहरु नम्रता श्रेष्ठ , विनय श्रेष्ठ , कर्मा लगाएतलाई आलोकले नै चलचित्र सानो संसारबाट भित्र्याएका थिए । आलोकले ४१ बर्षको उमेरमा संसार छाडेका थिए ।
श्रीसा कार्की
सानै उमेरमा सफलता हात पारेकी थिईन् श्रीसाले । श्रीसा जम्मा २४ बर्षकी थिईन् जब उनले संसार छाडीन् । फिल्मी दुनीयामा उनको नाम निकै चर्चित थियो । अक्टोबर २००२ मा उनले आफ्नो नाङगो तस्वीर सार्वजनिक भएपछि आत्महत्या गरेकी थिईन् । उनले सुख दुख , बाचा बन्धन, सोल्टीनी, अंशबण्डा, आवारा लगायतका चर्चित फिल्महरुमा काम गरेकी थिईन् ।
नेहा पुन
मगर फिल्मकी अभिनेत्री हुन् नेहा पुन । उनले १९ बर्षको उमेरमा नचाहदा नचाहदै संसार छाडीन् । उनको हत्या भएको थियो । उनले मगर फिल्म गउला र युपामा अभिनय गरेकी थिईन् । उनी कामबाट फर्कदै गर्दा बलात्कारको सिकार भएकी थिईन् । प्रहरीको खोज अनुसार उनलाई शतीस खड्गीले बलात्कार पछि मारेको बताईएको थियो ।
जेसीका खड्का
नायिका जेसीका खड्काले २०७२ ,जेठ २९ गते आत्महत्या गरेकी थिईन् । आत्महत्या गर्नुभन्दा ६ बर्ष अघि उनी गायक प्रकाश ओझासँग एम एम एस काण्डमा मुछीएकी थिईन् । त्यसपछि पनि उनलाई पटक पटक अश्लील काम गरेको आरोप लाग्दै आएको थियो । नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेपछि उनी ज्योतीबाट जेसीका बनेकी थिईन् । उनले अभिनय गरेको फिल्म जंगल लभ, चर्चामा रह्यो । मेरो माया तिमीलाई, जंगल लभ, लक्की सेवेनउनले अभिनय गरेका चलचित्रहरु हुन् ।