Latest Updates :

यो कुनै रमाईलो होईन वास्तविक घटना हो । मात्र एक पटक लिंक खोलेर हेर्नुहोस अनि मात्र कमेन्ट गर्नुहोस

SHARE THIS POST :
भिडियो हेर्न माथिको बक्समा डवल क्लिक गर्नुहोस। 



फिटको विशाल जंगली नाग सर्प हेर्न सर्लाहीको गौरीशंकर गाविसको बाँके चोकका दिनहुँ हजारौंको भीड लाग्ने गरेको छ । पूर्व—पश्चिम रागमार्गमा पर्ने बाँके चोकस्थित जिल्ला वन कार्यालय सर्लाहीको वन रक्षक बस्ने क्वार्टरमा १८ दिनअघि विशाल नाग सर्प पसेको कालिन्जोर–६ का स्थानीय टलकबहादुर मगरले बताए ।
पाँच दिनमा २१ हजार भेटी
नाग सर्प देखेपछि स्थानीयहरु भगवानको रुप भन्दै दुध, लाबा र भेटी चढाउन थालेका लालबन्दी–५ का शंकर खतिवडा बताउँछन् । उनी भन्छन्, ‘हामीले हेर्दा अजिंगर जस्तो लाग्छ ।’ पाँच दिनको अवधिमा २१ हजार भेटी जम्मा भएको छ । दिनहुँ ४—५ हजार भन्दाबढी मानिसहरु सर्प हेर्न आउने गरेका छन् । धार्मिक दृष्टिकोणले नाग जोडीको पूजाआजा गर्ने परम्परा अनुसार दुध र लाबा चढाएर मानिसहरुले पूजा गरिरहेका छन् ।
सर्पमा हुनुपर्ने गुण नागले देखाएन
विशाल सर्पलाई मानिसहरुले नजिकै गएर हातले स्पर्श गरेर कतिपयले दर्शन गर्ने गरेका छन् । सर्पले कुनै प्रतिक्रिया देखाउँदैन् । सर्पमा हुनुपर्ने गुण नाग सर्पले नदेखाएपछि दर्शन गर्न त्यहाँ पुग्नेहरु मानिसहरु तीन छक्क पर्ने गरेका महोत्तरीको लक्ष्मीनियाँ–९ का रामचन्द्र महतोले बताए । उनी भन्छन्, ‘सर्प भएको भए मानिसहरुलाई आक्रमण गर्थे । सर्पलाई गाडीले ठक्कर दिएको हुनसक्छ । बेहोसको सर्पले आफ्नो साहारा घरलाई बनाएको होला !
हेर्न जानेहरुमध्ये केहीले त्यहाँ पुग्दा हा हु गर्छन्

नाग सर्पको दर्शन गर्न पुग्नेहरुमध्ये कतिपयले देवी देवता आएर हा हु गर्दै जीउ कमाउने गरेका छन् । हा हु गरेर कराउनेहरु जीउ तंग्राउने, बेहेस हुने गरेका छन् । उनीहरुलाई उठाएर सर्प भएको कोठामा राखिदिदाँ केही छिनमा पहिलेको अवस्थामा फर्किने गर्दछ । मानिसहरुले त्यहा मन्दिर बनाउन जुटेका छन् । २४ घण्टा सवारी साधन गुड्ने राजमार्गमा हर्नेको ठूलै भिड लाग्ने गरेको छ ।
बसको स्टेरीङ्गमा बेरिएको सर्पलाई मोटरसाइकलले ठक्कर दियो
घरमा बसेका नाग सर्प एक महिनाअघि पूर्वबाट काठमाडौं हिँडेका अग्नी बसमा महोत्तरीको लक्ष्मिनियाँ पनि थिए । बीच सडकमा सर्परहेको सवारी चालकले देखेपछि सर्प बसको स्टेरिङ्गमा गएर बेरिएर बसेको थियो । पछि लठ्ठिले घोगी–घोगी सर्पलाई बसबाट झारीएको सर्लाहीका टलक बहादुर मगरले बताए । त्यसको १७ —१८ दिन बाटो काट्ने क्रममा बाँके चोकमा स्थानीय युवा सवार मोटरसाइकलले ठक्कर दिएको मगर बताउँछन् । फेरी अर्को दिन गाडीमा सर्प पसेपछि मगरले बोराम सर्पलाई पसाएर जंगलमा छाडिदिएका थिए । तर सर्प पछि वन रक्षक बस्ने कोठामा गएर बस्यो । अहिले त्यही छन् । घरी–घरी बाहिर निस्किने गर्छ । फेरी भित्र पस्ने गर्छ
सर्पको उपचार गरि जंगलमा छाडिदिनुपर्छ
स्थानीयहरुका अनुसार, सर्प सवारीको ठक्करबाट घाइते भएको हुन सक्छन् । केही दिन अघि गाडीबाट निकाल्ने क्रममा सर्पको टाउकोमा चोठ देखिएको सुरक्षामा त्यहाँ खटिएका प्रहरी हबलदार मुकेश कुमार कर्मीले बताए । नत्र सर्प नै हो भने सर्पले आफ्नो हर्कत देखाउने थियो होला । सर्पको सहि उपचार गरेर जंगलमा छाडिनुपर्ने स्थानीयहरुको भनाई छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger