Latest Updates :

कुन समयमा महिलाको योनी एकदम चिलाउछ ?किन चिलाउछ ?भिडियो सहित +१८ले मात्र।

SHARE THIS POST :
भिडियो  माथिको बक्समा क्लिक गरी हेर्नुहोस
म १९ वर्षकी भएँ। मेरो विवाह भैसकेको छ। मेरा श्रीमान्ले परिवार बनाउने योजना बनाउनुभएको छ तर मेरो स्तन अरू महिलाहरूको भन्दा निकै सानो छ।
यो सामान्य हो कि यसबाट कुनै खतरा छ? यदि खतरा छ भने स्तन ठूलो बनाउने उपाय बताइ दिनुहोला। मेरो योनि निकै नै ठूलो छ यसले कुनै प्रभाव पार्छ कि पार्दैन ?।
परिवार बनाउने योजना भनेको के हो ?

अहिलेको जमानामा १९ वर्षमै विवाह गरिसक्नु अलि कलिलै उमेर हो। विवाह गर्नुनै एक प्रकारले परिवार बनाउनु हो। सम्भवतः तपाईंले सन्तान जन्माउने श्रीमान्को चाहनाको कुरा गर्नुभएको होला। तपाईंले आफ्नो श्रीमान्का बारेमा खासै केही लेख्नु भएको छैन। स्वास्थ्यको दृष्टिकोणले २० वर्षपछि सन्तान जन्माउनु राम्रो हुने कुरा तपाईंलाई पनि थाहै होला। सन्तान जन्माउन र त्यसको लालनपालन गर्न शारीरिक रूपमा मात्र नभई मानसिक एवं आर्थिक रूपमा पनि सबल र सक्षम हुनुपर्छ। यस विषयमा पनि विचार गर्नुभएकै होला। सन्तान करले होइन रहरले जन्माउनुपर्छ। यसमा तपाईंहरू दुवैको सहमति हुनु राम्रो हुन्छ।

स्तन कत्रो हुनुपर्छ ?
स्तन महिलाको छातीमा रहेका दुईवटा विशेष ग्रन्थी हुन्। यही विशेष ग्रन्थीले सन्तान भएपछि शिशुको पोषणका लागि दूध बनाउँछ। स्तन यौनको दृष्टिकोणले पनि महत्वपूर्ण अङ्गं हो। किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले केटीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ। स्तनको वृद्धि धेरै जसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ। स्तनको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ। यससँग आत्मसम्मानको कुरा जोडिएको हुन्छ। यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिएको पाइन्छ। कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले स्तन ठूलो बनाउने चाहना भएको पाइन्छ।
स्तनको आकारमा वंशाणुगत कुराहरूको प्रभाव एकतिर हुन्छ भने अर्कातिर पोषणको। यी दुवैको संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा महत्वपूर्ण छ। पोषण ठीक नभएका युवतीको शरीरको तौल कम हुने मात्र होइन स्तनको आकारमा त्यसको नकारात्मक प्रभाव पर्न सक्छ। स्तन वा थुनचोलीको नापका साथै शरीरको तौल अनि उचाइ केही पनि नलेख्नु भएका कारणले तपाईंको स्तन सामान्यभन्दा सानो हो कि होइन भन्न सकिने स्थिति भएन।
के सानो स्तनले समस्या ल्याउँछ ?
स्तनको आकार वास्तवमा त्यसमा भएको बोसोको मात्राले निर्धारण गर्छ। बोसोदेखि बाहेक स्तनमा रेशा तन्तु तथा दूध बनाउने ग्रन्थीहरू हुन्छन्। स्तन केही सानो भयो भन्दैमा दूध बनाउने कार्य राम्रोसँग गर्न नसक्ने होइन। अर्को कुरा के भनौं भने सानो भए पनि यो एकदमै यौन संवेदनशील हुनसक्छ। त्यसैले तपाईंले मजाले यौन आनन्द प्राप्त गर्न सक्नुहुन्छ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger