Latest Updates :

घरमा श्रीमती छाडेर छिमेकीकै केटी साथीसँग होटलमा बस्दा… .....

SHARE THIS POST :
भिडियो हेर्न यहाँ माथि  क्लिक गर्नुहोस
झापा । विर्तामोडस्थित नयाँ बसपार्कको एक होटलमा रहस्यमय रुपमा मृत फेला परेका कनकाई–३ सुरुङ्गाका ४९ वर्षीय मनोरथ पाठकको घाँटी थिचेर हत्या’ भएको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको छ ।वैदेशिक रोजगारीबाट केही महिनाअघि मात्र फर्केका मनोरथ घरका सदस्यलाई जानकारी नदिइ छिमेकीकै केटी साथीसँग होटलमा बस्दै आएका थिए । उनलाई विर्तामोड बसपार्कको एउटा कोठामा मृत अवस्थामा गत माघ १६ गते साँझ ६ः५० बजेतिर होटल सञ्चालकले फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।प्रहरीका अनुसार मनोरथ पाठकसँग होटलमा बस्दै आएकी कनकाई–३ सुरुङ्गाकी १९ वर्षीया प्रमिला विकले सामान्य विवादमा पाठकको घाँटी थिचेको’ प्रारम्भिक बयान दिएकी छन् ।
विवादका क्रममा केहीबेर घाँटी थिचिसकेपछि मनोरथ चलमलाउन छाडेको र त्यसपछि डर लागेर आफू होटलको कोठाको साँचो लगाएर भागेको प्रमिलाले प्रहरीलाई पहिलो बयानमा बताएकी हुन् ।घरमा छोराछोरी र पत्नी भएका मनोरथ र वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा पति भएकी प्रमिला एक महिनादेखि पटक पटक होटलमा सँगै बस्दै आएका थिए । सानो गाडी किन्ने भनी केही नगदसमेत लिएर घरबाट हिँडेका मनोरथ र प्रमिला विर्तामोडको होटलमा आउनुअघि धरानको अर्को होटलमा निकै दिन उनीहरु बसेका प्रहरीले जानकारी दिएको छ । रासस

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. highlights khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger