भिडियो हेर्न माथि बक्समा क्लिक गर्नुहोस।
बृत्तचित्रमा राजदरवार हत्याकाण्ड
हामीले यो बृत्तचित्रलाई YouTube बाट सापट लिएका हौं। हाम्रो अनुमानमा सम्भवत यो अंग्रेजी वेब साइट च्यानेल४ डट कममा पहिलै प्रशारण भैसकेको हुन सक्छ। तर यसबारे हामीलाई स्पष्टरुपमा कुनै जानकारी छैन।
आजभन्दा पाँच बर्ष अघि जुन महिनाको २ तारिख शुक्रबार राति स्व. राजा बीरेन्द्रको वंश नै नाश हुने गरी दरवार हत्याकाण्ड भएको थियो। दरबार हत्यकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज (२ दिने राजा) दीपेन्द्र, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुतिलगायत त्यस रात ८ जनाको निर्मम हत्या भएको थियो।
दरवार हत्याकाण्डको सुत्रधारको रुपमा युवराज दीपेन्द्रलाई अगाडि सारिए पनि आम नेपाली जनता यो कुरा मान्न तयार छैनन्। तल दिएको बृत्तचित्रमा राजदरवार हत्याकाण्डलाई कसरी प्रस्तुत गरिएको छ। तपाई आफैंले हेरेर विश्लेषण गर्नुहोस्। (हामी तपाईहरुको सभ्य भाषामा लेखिएको र बौद्धिक तथा तर्कपूर्ण प्रतिक्रियाको अपेक्षा गर्छौं। व्यक्तिगत गाली, गलौचा र मनगढन्ते प्रतिक्रिया लेख्ने कष्ट कृपया नगर्नु होला। )
हामी यहांहरुलाई यति मात्र भन्न चाहन्छौं दरवार हत्याकाण्डको सुत्रधार के स्व. युवराज दीपेन्द्र नै हुन सक्लान्- यदि हुन् भने, आफ्नो तर्कपूर्ण कारण दिनुहोस् यदि होइनन् भने पनि कारण दिन सक्नुहुनेछ…..
हामीहरु मध्ये कसैले यो बृत्तचित्र हेर्ने अवसर नपाएका हुन सक्छौं, तसर्थ यो बृत्तचित्रलाई यहां समावेश गरिएको हो। बृत्तचित्र ५ श्रृंखलामा विभाजित छन्। तल दिइएको पहिलो श्रृंखला हो। बृत्तचित्रका थप श्रृंखलाहरुको लिन्क तल राखिएको छ।