भिडियो हेर्न माथि क्लिक गर्नुहोस।
काठमाडौं मंसिरको अन्तिम शुक्रबार घाँम डुब्दो र साँझ उम्दो समय । पर्यटकीय नगरी भनेर चर्चा कमाएको ठमेलको चहल–पहल निकै व्यापक थियो ।पर्यटकको ओहोर–दोहोरले एक प्रकारको रौनक थपेको थियो, ठमेलमा । जाडो हुर्किदै गरेको राजधानीको ठमेलमा गोरा–गोरीहरु शरीर पनि राम्ररी नढाक्ने कपडा लगाएर हिडेका दृष्यले मलाई एक प्रकारको कौतुहलता जागेको थियो भने अर्कोतिर ठमेलका प्रत्येक जसो घरमा टाँगिएका ‘मसाज सेन्टर’ को साइनबोर्डले पनि त्यति नै तानिरहेका थिए ।
धेरै पटक मैले साइनबोर्डमा मसाज सेन्टर लखेपनि भित्र समाज नभएर ‘ससाज’को काम हुनेगर्छ भन्ने सुनेको थिए । म त्यति कौतुहललाई चिर्न र ती मसाज सेन्टरमा काम गर्ने भर्भराउँदा जवानी बोकेका युवतीहरुको कथा खोज्न ठमेल पुगेको थिएँ । त्यसकारण पनि मलाई ठमेलका गोरा–गोरीले भन्दा बढी मसाज सेन्टरका साइनबोर्डले आकर्षित गरेका थिए ।
साथमा पत्रकारको कार्ड बोकेर गए पनि मलाई मसाज सेन्टरमा त्यसरी भर्भराउँदो जवानी बेच्ने युवतीको दर्दबारे रिपोर्टिङ्ग गर्नुपर्ने भएकाले मनमा डर र कौतुहलता दुबैले सताएको थियो । ठमेलका ती मसाज सेन्टरमा छिर्दै गरेको कसैले देखे भने मलाई ‘ए तँलाई त मसाज सेन्टर छिर्दै गरको देखेको थिएँ नि’ चिनजानको साथीले कुनै दिन प्वाक्क भन्लान कि भन्ने डर पनि थियो । त्योसँगै मसाज सेन्टरभित्रै पुलिस आयो भने पुलिसकै फन्दामा परिने हो कि भन्ने डरले पनि त्यसैगरी समातेको थियो । मैले करिब एक घण्टा त यस्तै कुरा मनमा खेलाउँदै ठमेलका गल्ली चाहारे ।
मैले जसरी पनि मसाज सेन्टरको रिपोटिङ् गर्नै पर्ने भएकाले पत्रकारिता पढाउँदा गुरुहरुले ‘श्रीमान दुर्घटनामा परेर मरेको अवस्थामा पनि उनकी श्रीमतीलाई सम्झाएर रिपोर्टिङ गर्न सक्नुपर्छ’ भनेको याद आयो । अनि सबै डरलाई पैतालामूनी राखेर म ठमेलको संचयकोष भवनको नजिक रहेको एक समाज सेन्टरमा पुगेँ । पक्की घरको दोस्रो तल्लामा ‘….आयुर्वेद मसाज’ लेखिएको थियो । जब म भित्र छिरेँ । त्यतिबेला ठमेलको चिसो मौसममा पनि मलाई खलखली पसिना आयो । निकै गर्मी भएको अनुभूति भयो । अनुहार रातोपिरो भयो । कतै मैले चिनेका मानिस त यहाँ आएका छैनन् । फेरि मेरो मन बेचैन भयो । अधिकांश मानिस मसाज सेन्टर जाने भनेको यौनतृष्णा मेट्नकै लागि हो भन्ने आम धारणा छ । मलाई पनि त्यति कोटीमा राख्ने हुन् कि ? मनमा यहि कुरा खेल्न थालेँ ।
फेरि मैले मन दह्रो बनाए । म त्यहाँ पुग्दा ६ जना महिला थिए । पछि थाहा भयो । ती मध्ये पाँच जना समाजमा काम गर्ने र एक जना चाहिँ कर्मचारी रहेछन् । म त्यहाँ पुग्दा उनीहरु एक–आपसमा खासखास–खुसखुस गर्दै थिए । ‘रिसेप्सन’मा रहेकी महिलाको भने निकै रोमाञ्चक हाउभाउ थियो । त्यसले मलाई एकछिन तान्यो । म त्यहाँ पुग्ने वित्तिकै ती महिलाले निकै मन्द मुस्कानमा बस्न आग्रह गरिन् । ग्राहक तान्ने उनको काइदा मलाई गज्जवको लाग्यो । मलाई भने मनमा निकै डर लागिरहेको थियो । महिला मात्र देखिन्छन, समाजमा रिपोर्टिङ गर्न आइएको छु । यहि बेला प्रहरी आयो भने के भन्ने, फेरि डर बढेर आयो ।
त्यत्तिकैमा उनले फेरि अर्को प्रश्न तेर्सयाईन् । ‘डराउनु भएको जस्तो छनी, डराउनु पर्दैन, बरु मुखको माक्स खोल्नु न ? लजाउनु पनि पर्दैन । उनको निर्देशनात्मक शैलीको प्रश्नलाई मैले सहजै स्वीकार गरेँ । के मसाज गर्ने हो ? उनले तेस्रो प्रश्न तेर्सयाइन् । रातोपिरो हुँदै मैले भने,’ हो ?’ पैसा कति लाग्छ ?’ मैले प्रश्न गरेँ । मेरो प्रश्न फुत्किन नपाउँदै उनी बोलिन्–एक घण्टाको १५ सय आधा घण्टाको आठ सय । मैले मनमनै सोँचे–म मसाजमा काम गर्ने युवतीको वास्तविक जीवन बुझ्न आएको छु ।
तर, उनीहरु त्यसप्रति पूरै बेखवर छन् । यो उनीहरुको पेशा हो । उनीहरु पेशा गरिरहेका छन् । म अवाक भएको देखेर होला । उनीले फेरि प्रश्न तेर्सयाइन् । किन महङ्गो लाग्यो ? उनले मलाई सोफामा बस्न आग्रह गरिन् । अलिअलि मिलाउँला नि ?’ अरु ग्राहलाई जस्तै उनीले मसँग पनि केही सस्तोमा मसाज गर्ने प्रस्ताव राखिन् । त्यहिबेला मेरो आँखा सोफाबाट पश्चिमतर्फ केन्द्रित भए । त्यहाँ केही महिला थिए । कोही अधवैसेँ, कोही निकै पट्टा तरुरी जस्ता देखिने महिलाको इशारा पनि ग्राहकलाई खाली नफर्काउने खालकै थियो । मैले ती महिलालाई एक घण्टा मसाज गर्ने जवाफ फर्काएँ ।
उसले भनिन्, खै पैसा…? लौ लिनुहोस, मैले उनीले भने अनुसारकै पैसा दिएँ । मेरो मनबाट डर अझै हटेको थिएन् । म मनमा यस्तै कुरा खेलाउँदै थिएँ । ती महिलाले चर्को स्वरमा बोलाई– ए रमिला (नाम परिवर्तन) आईज यता ।’ उसले रमिला (नाम परिवर्तन)लाई बोलाउनासाथ मेरो मनमा प्रश्न उब्जेको थियो, सायद यी महिला अधवैँसे नै होलिन् ?
कालो पाईन्ट, रातो र कालो बुट्टा भएको भेष्ट लगाएकी २० नकटेकी मंगोलीयन अनुहारकी युवती मेरो अगाडि मुसुक्क मुस्कुराउँदै हाजिर भई अन्र्तरमनमा प्रश्न उब्जियो । मसाजमा काम गर्ने त अधवैसे हुन्छन, युवती कमै हुन्छन भन्ने सुनेको थिए । यो त गज्जब देखियो बा…।
मैले यति सोच्नै नपाँउदै रिसेप्सनिटले भनिन् । रमिला (नाम परिवर्तन) दाइलाई मसाज गर्दे रे । भित्रपट्टिको कोठामा बाँकी चारजना आफनै पारामा गफिदँै थिए । रमिला लामा (नाम परिवर्तन) ले मलाई आफ्नो व्वाईफ्रेण्ड जसरी अगाँलो हालेर भित्र लगिन् । मंगोलियन अनुहार, भर्भराउदो जवानी भएकी ती युवतीको स्पर्शले मलाई केही रोमाञ्चित पनि बनाएको थियो ।
मलाई एकातिर उनको स्पर्शले वेस्करी तानेको थियो भने अर्कोतिर मेरो पेशागत धर्म निकै ठूलो पर्खाल बनेर आएको थियो । म ती युवतीको निर्देशन मान्दै अनुसार एकान्त कोठामा प्रवेश गरेँ । उनीले मलाई शरीरका कपडा खोल्न भनिन् । म सानो बालक जस्तो फेरि उनको निर्देशन मान्दै गएँ । उनीले नै मलाई सेतो गाउन दिईन् । शुरुमै कुरा गर्दा नमान्ने डर थियो । त्यसैले पनि म उनको निर्देशन मान्दै गएँ । एउटा एकान्त कोठा । ती युवती र म मात्र फेरि मेरो मनमा कुराहरु खेल्न थालेँ । आफैँले आफैँलाई नियन्त्रण गरेँ । आफु अवोध हुँदा ठूला मान्छेले तेल घसेको अनुभूत गर्न थालेँ । उनी मेरो शरीरका सबै अङ्गमा स्पर्श गर्न थालिन् । म फेरि मन थामेर बसेँ । केही मिनेट त ती युवतीसँग कुराकानी भएन् । पाँच मिनेट जति मसाज गरेपछि मैले मुख खोलेँ ।
तपाईँको परिचय पाउन सकिन्छ ? उनी पनि विस्तारै खुल्दै गइन् । उसको घर काभ्रे रहेछ । कक्षा छ सम्मको मात्र अध्ययन गरेकी रमिला काभ्रेबाट ठमेलको मसाज सेन्टरमा आउनुको कथा निकै मर्मस्पर्शी कथा भन्दा कम रहेनछ । गत १२ वैशाखमा गएको भूकम्पले धेरै क्षति पुर्याएका जिल्ला मध्येकै एक जिल्ला हो काभ्रे । त्यहि जिल्लाकी रमिलाले मसाजमा शरीर बेचेर घरको छाना, आमा–बुबा र भाइलाई नानाको जोहो गरेकी रहिछिन् । ‘म मसाजका काम गर्न थालेको एक वर्ष पुग्न लाग्यो,’ अमिलो मन बनाउँदै रमिलाले भनिन्, ‘भूकम्पले घर लग्यो, परिवारमा बुबा–आमा, भाई र म छौँ । घरको आर्थिक अवस्था निकै कमजोर छ ।
मैले जम्मा छ कक्षा मात्र पढेकी छु । आर्थिक अवस्था कमजोर भएकै कारण मैले अध्ययन गर्न सकिन । अहिले भाई गाउँकै स्कूलमा कक्षा सातमा अध्ययन गर्दैछ ।’ उनी त्यति भन्दा झन्झन् भाबुक भन्दै गइन् । म पनि उनको कुरा खोतल्ने प्रयासलाई निरन्तरता दिदैँ गए । उनी फेरि आफ्नो विगततिर फर्किदैँ गइन् । ‘भूकम्पका कारण सामान्य टाउको लुकाउन पुग्ने घर भत्किएपछि शीतका तप्केना हाम्रो परिवारको टाउकोमा सिधै पर्न थाले,’ उनले भनिन्, ‘शीतका तप्केना छेक्नकै लागि मैले समाजमा शरीर बेचेर जस्ताको टहरो बनाएर अहिले मेरो बुबा–आमा र भाई त्यहि टहरामा बसेका छन् ।’ अहिले पनि परिवार पाल्ने जिम्मेवारी रमिलाकै थाप्लोमा रहेछ । ‘आमा दीर्घरोगी छिन्,’ फेरि रमिला भाबुक बनिन्, ‘आमाको उपचारका लागि पनि पैसा अलि बढी नै कमाउनु पर्ने बाध्यता छ । यसका लागि म जस्ता अनपढका लागि यही मसाज सेन्टर विकल्प बनेको छ ।’
अहिले पनि रमिलाले घर–परिवारलाई चावहिलको डिपार्टमेन्ट स्टोरमा काम गर्छु भनेर ढाँटेकी रहिछिन् । उनीले मासिक ३० देखि ४० हजार आम्दानी गर्ने गरेको बताईन् । गाँउकै ‘अन्टी’ नाता पर्नेले उनीलाई काभ्रेबाट ठमेलसम्म ल्याएकी रहिछिन् । ‘शुरुमा निकै संकोच भयो, अहिले त बानी परेँ,’ उनले भनिन्,’ ‘ शुरुमा मैले डिपार्टमेन्टर स्टोरमा काम गरेँ । त्यहाँ राम्रो कमाई नभएपछि विदेश जाने निर्णय गरेकी थिएँ । राहदानी बनाउन पैसाको अभाव भयो । त्यसैले विदेश जाने सपना अधुरो बन्यो । पछि तिनै अन्टीले मसाजकेन्द्रमा काम लगाइन् । विदेश जाने चक्कर नै हरायो ।’
Marriage Bureau भन्दै केटी बोलाउदै यस्तो हर्कत गरेपछि ...........